परियोजना एक झलक
 परियोजनाको नाम  :

व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना(EVENT)

 लगानी  :

नेपाल सरकार र विश्ववैंक

 जम्मा बजेट  :

६०.९ मिलियन अमेरिकी डलर

अवधि  :

१७ जुलाई २०११ देखि ३० अक्टोवर २०१५ सम्म (४ वर्ष)

 लाभान्वित समूह  :

७५००० जना नेपाली युवाहरु

 विशेष लक्ष्यित समूह  : सुविधाविहीन युवाहरु विशेष गरी पिछडिएको क्षेत्रका,महिला,दलित,सीमान्तकृत जनजाति,अपाङगता भएका व्यक्ति
 मुख्य उद्देश्य  : नेपालमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रणालीको सुदृढीकरण गर्नुका साथै गुणस्तरयुक्त तालिममा पहुँच वृद्धि गरी सीपयुक्त र रोजगारका लागि उपयुक्त जनशक्तिको आपूर्ति बढाउने
 उपलव्धि सूचकहरु  :

(क) सहयोग गरिएको कार्यक्रममा छोटा अवधिको तालिम सकेको ३ र ६ महिना भित्र रोजगारी प्राप्ती दर (ख) सहयोग गरिएको संस्थामा TSLC / Diploma कोर्समा भर्ना (ग) औपचारिक तालिम नलिएका तर NSTB ले सीप परीक्षण गरेका युवाहरुको सङ्ख्या ।

 कम्पोनेन्टहरु  :

(क) प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको नियमनकारी क्रियाकलाप सुदृढीकरण र क्षमता अभिवृद्धि (ख) प्राविधिक शिक्षाको सुदृढीकरण (ग) छोटो अवधिको तालिम र पूर्वसिकाइको मान्यता प्रदान कार्यमा सहयोग (घ) परियोजना व्यवस्थापन, अनुगमन र मूल्याङ्कन ।